
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो (मुडे) ४५ रुपैयाँ, प्याज (भारतीय) ३६ रुपैयाँ, बन्दाकोबी ५० रुपैयाँ, काउली ७० रुपैयाँ, गाजर (लोकल) ११० रुपैयाँ, भन्टा ३० देखि ६० रुपैयाँ, बोडी ५० देखि १०० रुपैयाँ, र लौका ५० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) ११० रुपैयाँ, कागती १२० रुपैयाँ, अनार ३०० रुपैयाँ, सुन्तला १२० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, जुनार २०० रुपैयाँ, नास्पाती १५० रुपैयाँ, मेवा ६० रुपैयाँ र किबी २३० रुपैयाँ कायम गरिएको छ।
अन्य बालीमध्ये च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ र पुदिना ४०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।