२४ असार २०८३, बुधबार

ग्लोबल कलेज र गौशाला वृत्तमा लुटपाट र आगजनीको आरोपमा सेनाका भूपू पक्राउ

कात्तिक ११, २०८२
काठमाडौं
ग्लोबल कलेज र गौशाला वृत्तमा लुटपाट र आगजनीको आरोपमा सेनाका भूपू पक्राउ

जेनजी आन्दोलनका क्रममा गौशाला वृत्त र बानेश्वरस्थित ग्लोबल कलेज तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते को आन्दोलनमा उक्त कलेज तोडफोड र आगजनी भएको थियो ।

पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी घर भएर टोखा बस्ने २७ वर्षीय भुवन शाही छन् । शाही २०७४ मा नेपाली सेनामा प्रवेश गरेका थिए । उनले जागिर खाने क्रममा नक्कली चालक अनुमति पत्र (लाइसेन्स) पेश गरेपछि उनी २०७५ मै बर्खास्तीमा परेका थिए ।

प्रहरीले शाहीबाट मोटरसाइकल, गौशाला वृत्तबाट लुटेर लगेको राइट कन्ट्रोल गियरको हातमा लगाउने, ग्लोबल कलेटबाट लुटी लगेको ट्रफी, गाडीको ड्यासबोडमा राख्ने गणेशको मूर्ती, डीएसएलआर क्यामेरा बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसरका अनुसार शाहीलाई बानेश्वर वृत्तको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्