२९ जेठ २०८३, शुक्रबार

६२ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ५७ करोडको कारोबार

कात्तिक ११, २०८२
काठमाडौं
६२ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ५७ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो ।

आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारमा न्यादी हाईड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्