
चर्चित गायक पशुपति शर्माले कलाकारहरूलाई बिदेशी कार्यक्रममा जानुअघि सजग रहन सुझाव दिएका छन्। उनले फेसबुक स्टाटसमार्फत “बिदेश कार्यक्रम जाँदा कलाकार साथीहरूले सोचेर बुझेर जाउन्” भन्दै आफूले पनि केही कार्यक्रम सल्लाहकै क्रममा रद्द गरेको जानकारी दिएका छन्।
शर्माले लेखेका छन्, “अहिले चर्चा भएका केहि कार्यक्रम मैले सम्झौता भैसकेपछि पनि केहि समस्या हुने देखेरै सल्लाहमै क्यान्सिल गरेको हुँ।”
उनको उक्त भनाइ हाल बिदेशमा आयोजना हुने नेपाली सांगीतिक कार्यक्रमहरूमा कलाकारले भोग्नुपरेका व्यवस्थापकीय समस्या, असहज व्यवहार र विवादित घटनासँग जोडिएको टिप्पणीका रूपमा लिइएको छ। केही दिनअघि कलाकार एलिना रायमाझीले अमेरिका कार्यक्रममा आयोजकबाट राम्रो व्यवहार नभएको जिकिर गरेकी थिइन् ।