
प्रधानमन्त्री सुशीला कार्कीले श्रम, अर्थ, परराष्ट्र र कानून मन्त्रालयका अधिकारीसँग छलफल गरेकी छिन् ।
रोजगार व्यवसायीका लागि मलेसियाको नयाँ मापदण्डबारे प्रधानमन्त्री कार्कीले आज उनीहरूसँग सिंहदरबारमा छलफल गरेकी हुन् ।
छलफलले मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएको निष्कर्ष निकालेको छ ।
मलेसियाले पठाएको १० बुँदे मापदण्ड अन्तिम नभएकाले द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी रोजगारी सुनिश्चित गर्न पहल गर्ने निर्णय भएको छ ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानूनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्करलगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो ।