२९ जेठ २०८३, शुक्रबार

आफ्नै घर फर्किनुस्, निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं : केपी ओली

कात्तिक १४, २०८२
काठमाडौं
आफ्नै घर फर्किनुस्, निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं : केपी ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्माणको यात्रामा सहभागी नेताहरूलाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अलमलमा नपरी आफ्नै घरमा फर्किन र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न आग्रह गरेका हुन् । 

'विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु,' उनले भनेका छन्, जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर, यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं, देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं ।'

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुट्न पनि उनले आग्रह गरेका छन् । 'हामी एउटै परिवार हौं, हाम्रो लक्ष्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली,' उनले लेखेका छन्, 'म सबैमा आह्वान गर्न चाहन्छु, कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं ।'

यस्तो छ ओलीको स्टाटस :

salt training

कमेन्ट गर्नुहोस्