१४ असार २०८३, आइतबार

निकोलसको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने

कात्तिक १६, २०८२
काठमाडौं
निकोलसको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने
फाइल फोटो

अभियन्ता भनिएका निकोलस भुसालको नेतृत्वमा आज माइतीघरमा गर्ने भनिएको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नलिई आफूखुसी प्रदर्शनको घोषणा गरेकाले प्रहरीले हस्तक्षेप गर्ने तयारी गरेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले दिए ।

उनका अनुसार प्रशासनको स्वीकृतिबेगर जसले गर्ने प्रदर्शन, विरोध र्‍याली वा जुलुसलाई पनि प्रहरीले हस्तक्षेप गर्छ ।

‘निकोलसले गर्ने कार्यक्रमबारे प्रशासन जानकार छैन, स्वीकृति नलिई गरिएका त्यस्ता प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गर्छ, ’ भट्टराईले लोकान्तरसँग भने, ‘प्रदर्शनमा आउनेलाई प्रहरीले नियन्त्रणमा लिन्छ ।’

प्रहरीले यसअघि निकोलसलाई नियन्त्रणमा लिएको थियो । उनले गाँजा सेवन गरेको स्वास्थ्य रिपोर्ट आएपछि सुधार गृह राख्ने गरी परिवारलाई बुझाइएको थियो।

परिवारले सुधार गृह राख्न नसकेपछि निकोलस पुन: सार्वजनिक कार्यक्रममा सरकारको विरोध गरिरहेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्