१४ असार २०८३, आइतबार

६९ वर्षीय बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

कात्तिक १७, २०८२
विराटनगर
६९ वर्षीय बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पाँचथरको हिलिहाङ गाउँपालिकामा बुवाको हत्या गरेको आरोपमा उनकै कान्छा छोरा पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–१ फेदापाका ​३१ वर्षीय सन्देश राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा उनकै कान्छा छोरा सन्देशलाई पक्राउ गरिएको हो ।

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए ।

युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बुवाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

युवराजको शव कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको प्रनाउ कर्णले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र हत्याको कारण खुल्न बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्