०९ साउन २०८३, शनिबार

फ्लाइट डिले वा क्यान्सिल हुँदा के गर्ने ? यस्ता छन् यात्रुहरूले जान्नैपर्ने कुरा

कात्तिक १७, २०८२
काठमाडौं
फ्लाइट डिले वा क्यान्सिल हुँदा के गर्ने ? यस्ता छन् यात्रुहरूले जान्नैपर्ने कुरा

कयौं पटक हवाई यात्राका क्रममा मौसम र अन्य कारणले उडान ढिलो वा रद्द हुने गर्दछ ।  नेपालमा विशेषगरी तराई क्षेत्र र हिमाली भूभागमा मौसमको प्रभावले हवाई उडान डिले वा क्यान्सिल हुने गरेका छन् । 

यस्तो अवस्थामा यात्रुको सुरक्षालाई प्राथमिकता दिएर उडान पुन: सञ्चालन गर्ने गरिन्छ । फ्लाइट क्यान्सिल वा डिले हुँदा यात्रुको गन्तव्यमा प्रभाव पर्न जान्छ । 

नेपालको प्रमुख तथा पुरानो एयरलाइन्स बुद्ध एयरले यस्तो अवस्थामा यात्रुलाई सहयोग पुर्‍याउँदै आएको छ । विशेषगरी नेपालको भौगोलिक र मौसमी विविधताका कारण फ्लाइट डिले वा क्यान्सिल हुने गर्दछन् । 

यात्रुहरूका लागि यस्तो समस्या निराशाजनक भए पनि एयरलाइन्सहरूले सुरक्षालाई प्राथमिकतामा राखेर निर्णय लिनुपर्ने हुन्छ । जहाँ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का मापदण्डहरूको पालना गर्दै एयरलाइन्सहरूले यस्तो अवस्थामा यात्रुलाई विभिन्न विकल्प उपलब्ध गराउँछन् । 

गत अक्टोबर पहिलो साता मात्रै भारी वर्षाका कारण सबै आन्तिरिक उडान प्रभावित भएका थिए ।

फ्लाइट क्यान्सिल वा डिले किन हुन्छ ?

जाडो मौसममा तराईका क्षेत्र जस्तै; विराटनगर, भद्रपुर, सिमरा, धनगढी, नेपालगञ्ज र भैरहवामा कुहिरोले भिजिबिलिटी कम हुने गर्दछ । काठमाडौं र पोखरा जस्ता पहाडी क्षेत्रमा कुहिरोले ढाकिने गरिन्छ । 

सुरक्षित उडानका लागि न्यूनतम् दृश्यता अर्थात् भिजिबिलिटी आवश्यक हुन्छ । न्यूनतम् भिजिबिलिटी नहुँदा उडान ढिलो वा स्थगित गर्नुपर्ने हुन्छ ।

यसका साथै हिमाली क्षेत्रमा तेज क्रसविन्ड वा टर्बुलेन्सले अर्थात् हावाको बहाव समान्यभन्दा बढी हुनाले उडान असुरक्षित बनाउँछ । यस्तो अवस्थामा पनि सुरक्षित उडान हुन सक्दैन ।

त्यस्तै, मनसुनमा भारी वर्षाले पनि भिजिबिलिटी घटाउने र रनवेको अवस्था खराब बनाउने गर्दछ । यसले गर्दा पनि उडानलाई प्रभावित गर्ने गर्दछ ।

उडान प्रभावित हुने अर्को कारण हो, एयर ट्राफिक कन्ट्रोल (एटीसी) को भीडभाड । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा एक मात्र रनवे भएको कारण ट्राफिक बढी हुने गर्दछ । यसले विशेषगरी आगमन र प्रस्थानका उडानहरूलाई प्रभावित गर्दछ ।

अर्को उडानलाई प्रभावित पार्ने भनेको प्राविधिक समस्याले हो । दुर्लभ भए पनि विमानमा अचानक मर्मत आवश्यक पर्न सक्छ । विमान पूर्ण रूपमा सुरक्षित छ भनी सुनिश्चित गर्न मर्मत गरिन्छ ।

एयरलाइन्सहरूले स्ट्यान्डबाई इन्जिनियर टिम राखेका हुन्छन् । क्यानका सुरक्षा मापदण्डहरूको पालना अनिवार्य छ । तर, एक उडानमा ढिलाइ हुँदा त्यसै विमान र चालक दल प्रयोग हुने अर्को उडानहरूमा पनि असर पर्छ । जसले गर्दा फ्लाइट डिले हुन सक्छन् ।

कहिलेकाहीँ सञ्चालन सम्बन्धी कारणले पनि उडानलाई प्रभावित गर्न सक्छ । एउटा उडानमा ढिलाइ हुँदा चेन रियाक्सन जस्तो गरी दिनभरका अन्य उडान प्रभावित हुन्छन् ।

उडान ढिलो भएमा के गर्ने ?

उडान रद्द अर्थात् क्यान्सिल एयरलाइन्सहरूबाट दुर्लभ हुने गर्दछ । फ्लाइट लामो समयसम्म डिले भएको असम्भव अवस्थामा मात्रै फ्लाइट क्यान्सिल हुन्छ । सुरक्षाका लागि यस्तो गरिन्छन् । तर, बुद्ध एयरले यस्तो अवस्थामा पनि यात्रुहरूलाई  उपलब्ध उडानमा स्थानान्तरण गर्दै आएको छ । यात्रुको गन्तव्यलाई मध्यनजर गर्दै बृद्ध एयरले हरसम्भव कोसिस गरेर गन्तव्यमा पुर्‍याउँदै आएको जनाएको छ ।

उडान रद्द भएमा के गर्ने ?

कुनै पनि उडान एयरलाइन्स वा यात्रुबाट रद्द हुन सक्छन् । यदि एयरलाइन्सबाट रद्द भएमा पूर्ण रूपमा टिकट फिर्ता र पुन: बुकिङको विकल्प रहन्छ ।  प्राकृतिक विपत्ति वा राजनीतिक घटनाका कारण उडान रद्द भएमा क्यानको नियमअनुसार यात्रुले टिकट रकम पूर्ण फिर्ता पाउँछन् । 

यदि पुन: बुकिङ वा रिसेड्युल गर्नुपरेमा अर्को उपलब्ध उडानमा अतिरिक्त शुल्कबिना पुन: बुकिङ गर्न सकिन्छ ।

माउन्टेन फ्लाइट (एभरेस्ट एक्सपिरियन्स) को हकमा के हुन्छ ?

माउन्टेन फ्लाइट एक घण्टाको दृश्यावलोकन उडान हो । जसमा सगरमाथासहित नेपालका १९ भन्दा बढी हिमशिखरहरू देख्न सकिन्छ । 

यो उडान मौसम सफा भएमा मात्र सञ्चालन हुन्छ । यदि मौसम खराब भएर रद्द भएमा बुकिङ रकम पूर्ण फिर्ता वा अर्को उपयुक्त दिनमा पुन: बुकिङ गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्