१४ असार २०८३, आइतबार

प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको आरोपमा थप १ जना पक्राउ

कात्तिक १८, २०८२
काठमाडौं
प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको आरोपमा थप १ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी तथा लुटपाट गरेको आरोपमा थप १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  धनुषाको बटेश्वर गाउँपालिका ५ घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका ३ बस्ने १८ वर्षीय शिवम चौधरी यादव छन् ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड आगजनी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।

साथै उनले प्रहरी युनिफर्म र ट्राफिक ह्वील लक समेत लुटेर दुरुपयोग गर्नुका साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने तथा आक्रमण गर्नका लागि भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको प्रहरीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्