१६ असार २०८३, मंगलबार

जेनजी आन्दोलनमा लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ

कात्तिक १९, २०८२
काठमाडौं
जेनजी आन्दोलनमा लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका ३ थान अत्याधुनिक हतियारसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको टीकापुरमा शिवराज धमला रहेका छन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका-११ बाट पक्राउ गरेको हो ।

उनी राइड शेयरिङमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि कुटपिट, हत्या, प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्