०२ असार २०८३, मंगलबार

२६ सयमाथि टिक्न सकेन शेयर बजार, ११ अंकको गिरावट

कात्तिक २०, २०८२
काठमाडौं
२६ सयमाथि टिक्न सकेन शेयर बजार, ११ अंकको गिरावट

साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ ।

दिनभर २६०० भन्दा माथि टिक्न संघर्ष गरेको परिसूचक अन्तिममा ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा बन्द भएको छ ।

उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आउँदा समग्र परिसूचक घट्न पुग्यो ।

१ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड बराबरको कारोबार भयो । कारोबारका हिसाबले शिभम् सिमेन्ट सबैभन्दा अगाडि रह्यो ।

त्यसपछि राधी जलविद्युत्, हिमालयन डिस्टीलरी र एनआरएनको शेयर धेरै कारोबार भयो ।

कारोबार भएकामध्ये ७७ कम्पनीको शेयर मूल्य बढ्दा १६५ वटाको गिरावट आयो । ९ वटामा भने कुनै परिवर्तन भएन ।

 

salt training

कमेन्ट गर्नुहोस्