२४ असार २०८३, बुधबार

रविको मुद्दामा जिल्ला अदालतबाट फाइल झिकाउन उच्चको आदेश

कात्तिक २०, २०८२
काठमाडौं
रविको मुद्दामा जिल्ला अदालतबाट फाइल झिकाउन उच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले जिल्लाको फाइल झिकाउने आदेश गरेको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओम प्रकाश अर्यालको इजलासले रुपन्देही जिल्ला अदालतले गरेका आदेश र मिसिलसम्बन्धी फाइल मगाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लोकान्तरलाई जानकारी दिए ।

रवि र गोर्खा मिडियाका तत्कालीन सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीको निवेदनलाई एक साथ राखेर हेरिएको थियो ।

रविले बिगो बराबरको रकम धरौटी राखेर थुनामुक्त गर्न माग गर्दै निवेदन दिएका थिए । जिल्लाले यसरी थुनामुक्त गर्न अस्वीकार गरेपछि उनले उच्चमा समेत निवेदन दिएका हुन् ।​

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको फाइल बचेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्