
नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् ।
ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए ।
कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालिबीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानूनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको पाइएको छ ।
एसएसपी श्रेष्ठका अनुसार सम्झौतामा उल्लेख भएको कित्ता नम्बर ४६०६ बाहेक अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी विनासञ्चालक समितिको निर्णय मोडेलमा तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरिएको पाइएको छ।
