
जिली अटो ग्रुपले जिली एक्स–५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । जिली अटो ग्रुपको सबैभन्दा सफल ईभीमा जिली एक्स–५ स्थापित भएको हो ।
चीनको ठूलो विद्युतीय सवारी उत्पादक जिली एक्स–५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो ।
थाइल्याण्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्र गरी २६ देशहरूमा जिलीको यो मोडल उपलब्ध छ ।
जिली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरि १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको बृद्धि हासिल गरेको छ । यस उपलब्धिसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पुर्याएको घोषणा गरेको छ ।
नेपालमा हालै बिक्रीवितरण शुरू गरिएको जिली एक्स–५ ले पनि नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ ।
ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वःस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन् । बढ्दो चासो र मागका कारण, नेपालका लागि जिली एक्स–५ को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
दुई लाख १० हजार भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले ग्राहकहरूको विश्वास र जिलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणका रूपमा लिएको छ ।
आगामी वर्षहरूमा जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।