१३ असार २०८३, शनिबार

बाँकेमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

कात्तिक २५, २०८२
बाँके
बाँकेमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

बाँकेमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका- २ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनार छन् । उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्