
प्रसिद्ध अभिनेता तथा हिन्दी सिनेमाका ही-म्यान धर्मेन्द्रलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट घर लगिएको छ। धर्मेन्द्रलाई बुधबार बिहान ब्रीच क्यान्डी अस्पतालबाट घर लगिएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । धर्मेन्द्रलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ताअघि अस्पतालमा भर्ना गरिएको थियो।
समाचारअनुसार धर्मेन्द्रको अवस्था अझै पनि गम्भीर छ वा पहिलेभन्दा राम्रो छ भनेर सोध्दा उपचारमा टोलीका एक डा. प्रतीक समदानीले भने, 'म योभन्दा बढी केही भन्न सक्दिनँ र उनलाई लैजाने निर्णय परिवारको हो।'
यसअघि, धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मृत्युको गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए ।
धर्मेन्द्रलाई आफ्नो आदर्श मान्ने सलमान खान पनि सोमबार साँझ ब्रीच क्यान्डी अस्पतालमा गएका थिए । धर्मेन्द्रसँग धेरै फिल्महरूमा काम गरिसकेका अभिनेता गोविन्दा पनि राति अबेर धर्मेन्द्रलाई भेट्न गएका थिए।
धर्मेन्द्रको अवस्था अहिले स्थिर रहेको उनको टोलीका एक सदस्यले बताएको बीबीसीले उल्लेख गरेको छ ।