
इलाममा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम नगरपालिका- ५ ओर्खे मन्दिरडाँडा बस्ने २७ वर्षीय मनोज बुढाथोकी छन् । उनलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।