
एनआईसी एसिया बैंकका ग्राहकले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
जसका लागि होटल र बैंकबीच सम्झौता भएको छ । यस सम्झौतापश्चात बैंकका ग्राहकले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
एनआईसी एसिया बैंकका ग्राहकले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सुविधा उपयोग गर्न ग्राहकले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।