२९ जेठ २०८३, शुक्रबार

विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण

कात्तिक २८, २०८२
काठमाडौं
विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण

विश्व साइकलयात्री पुष्कर शाहले लेखेको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । समारोहमा लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकलयात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराए ।

उनले भने, 'मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धिहरू यस पुस्तकमा लेखेको छु । यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपना र असिम सम्भावनाको कथा पनि हो ।'

विश्वयात्राका क्रममा आफूले विभिन्न संस्कृतिका मानिसहरूसँग भेटेको र कहिले कठिन परिस्थिति भोगेको कहिले असाधारण सहयोग पनि पाएकाले ती सबै अनुभवहरूले आफूलाई नयाँ दृष्टिकोण र जीवन दर्शन सिकाएको शाहले बताए । 

कार्यक्रममा उपस्थित वक्ताहरूले पुष्कर शाहको यात्रालाई नेपालको गौरवको विषय बताउँदै उनको अनुभवबाट नयाँ पुस्ताले धेरै प्रेरणा लिन सक्ने उल्लेख गरेका थिए ।

पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका एक सय ५० भन्दा बढी देशमा साइकलयात्रा गरी विश्व शान्तिको सन्देश फैलाएका थिए ।

उनले सगरमाथाको शिखरमा पुगेर विश्वका राष्ट्रहरूको झण्डा फहराउँदै ‘विश्व शान्ति’को सन्देश पनि दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्