१४ असार २०८३, आइतबार

नेपाल टेलिकमका ग्राहकलाई राहत: बक्यौता महसुलमा जरिवाना शतप्रतिशत छु

कात्तिक ३०, २०८२
काठमाडौं
नेपाल टेलिकमका ग्राहकलाई राहत: बक्यौता महसुलमा जरिवाना शतप्रतिशत छु

 नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण राहत योजना सार्वजनिक गरेको छ। लामो समयदेखि दूरसञ्चार सेवाको महसुल तिर्न बाँकी रहेका ग्राहकहरूले अब जरिवाना बिना नै बक्यौता रकम भुक्तानी गर्न पाउने भएका छन्।

कम्पनीको केन्द्रीय राजस्व विभागले जारी गरेको एक सार्वजनिक सूचनाअनुसार, आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता रकममा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गरिने भएको हो। यो सुविधा लिनका लागि ग्राहकले आफ्नो बाँकी बक्यौता रकम आगामी २०८२ साल मंसिर १ गतेदेखि २०८२ माघ मसान्तसम्म भुक्तानी गरिसक्नुपर्नेछ।

तीन महिनासम्म चल्ने यस योजनाअन्तर्गत तोकिएको अवधिमा बक्यौता तिर्ने ग्राहकले जरिवानाबापतको कुनै पनि शुल्क तिर्नुपर्ने छैन। टेलिकमले आफ्ना सम्पूर्ण बक्यौता ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी यो अवसरको फाइदा उठाउन हार्दिक अनुरोध गरेको छ।

कम्पनीले जरिवाना छुटको सुविधा दिँदै गर्दा बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकप्रति कडा नीति लिने संकेत पनि गरेको छ। सूचनामा भनिएको छ, "तोकिएको समयभित्र कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइनेछ।"

salt training

कमेन्ट गर्नुहोस्