
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्रा. डा. रमेशसिंह भण्डारीले शनिबार साँझ काठमाडौंको ठमेलस्थित एलओडीमा एकल कन्सर्ट गरेका छन् ।
'ह्वेन प्रोफेसन मिट्स प्यासन म्याजिक ह्यापेन्स' नामक सांगीतिक साँझमा उनलाई गिटारिस्ट देव लामा र रोशन श्रेष्ठसहितको टिमले साथ दिएको थियो ।
'नीलो आकाश' गीतबाट कन्सर्ट शुरू गरेका भण्डारीले करिब दुई घण्टामा आफ्ना ७ गीतसहित १८ गीत गाएका थिए ।

कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारी चिकित्सक मात्र नभई गायक, गीतकार र संगीतकार पनि हुन् । उनका विभिन्न म्यूजिक भिडियोहरू समेत सार्वजनिक भएका छन् ।
