२९ जेठ २०८३, शुक्रबार

गजल मञ्च चितवनको ‘गजलसँग’ श्रृंखलामा सुनिए चार स्रष्टा

कात्तिक ३०, २०८२
काठमाडौं
गजल मञ्च चितवनको ‘गजलसँग’ श्रृंखलामा सुनिए चार स्रष्टा

गजल मञ्च चितवनले नियमित रूपमा सञ्चालन गर्दै आएको ‘गजलसँग...’ शृंखलाको यो एघारौं अंकमा ४ जना गजलकारले गजल प्रस्तुत गरेका छन् । 

शनिबार दिउँसो नारायणी किनार गैंडाकोटमा गरिएको कार्यक्रममा ४ जना स्रष्टा लाई गजल प्रस्तुत गर्न उभ्याइएको थियो । 

गजल मञ्च चितवनका निवर्तमान अध्यक्ष लेखराम सापकोटा, काठमाडौंका बाबु त्रिपाठी, विराटनगरकी बबिता भुजेल र देवघाटका एसआर दुवाडीले गजल सुनाए । 

ती सबै सर्जकले तीन चरणमा गरी छ–छ वटा गजल सुनाएका थिए । वाचनसँगै गायन शैलीमा पनि प्रस्तुत गरिएको कार्यक्रमलाई दर्शकले निकै मन पराए । 

गजल मञ्च चितवनले नयाँ सर्जकलाई प्रोत्साहन र अनुभवीलाई सम्मान गर्ने उद्देश्यले यस्तो शृङ्खला निरन्तरता दिँदै आएको जनाएको छ । विविध भौगोलिक क्षेत्रका प्रतिनिधि सर्जकलाई एकै मञ्चमा ल्याइनुले गजल लेखनको दायरा फराकिलो बन्दै गएको मञ्चका अध्यक्ष रामकृष्ण अनायासले बताए ।

मञ्चका उपाध्यक्ष कमल अर्यालका अनुसार यस्ता कार्यक्रमले नयाँ सर्जकको आत्मविश्वास र सिर्जना क्षमतामा वृद्धि भएको छ । 

‘गजल यात्रामा लागेकालाई एक ठाउँमा ल्याउने हाम्रो प्रयासले युवामा सक्रियता बढाएको छ,’ उनले भने । मञ्चका सचिव प्रमिला सानुले विभिन्न कार्यक्रममार्फत् करिब दुई दशकको यात्रामा संस्थाले धेरै प्रतिभा अगाडि ल्याउन सहयोग गरेको बताइन् ।

विशेषतः गजल विधाको प्रवर्द्धनका लागि स्थापना भएको गजल मञ्च चितवनले प्रत्येक वर्ष छुट्टै प्रकारका गजल–केन्द्रित कार्यक्रम गर्दै आएको छ । गत जेठ १७ गते माडीस्थित सोमेश्वर गढीको फेदीमा ‘गढीमा गजल’ कार्यक्रम समेत मञ्चले गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्