२४ जेठ २०८३, आइतबार

मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

मंसिर १, २०८२
काठमाडौं
मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी

नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ । यस सहकार्यले टिमलाई सहज र भरपर्दो एमजी सवारी सुविधा प्रदान गर्नेछ ।

पारामाउन्ट मोटर्सले लुम्बिनी लायन्सलाई एमजीका प्रिमियम सवारी साधन उपलब्ध गराउँदै खेलाडीलाई उच्च मनोबल प्रदान गर्ने र आरामदायी एवं सुरक्षित यात्राका साथ आफ्नो प्रदर्शनमा केन्द्रित हुन सहयोग गर्नेछ ।

यस साझेदारीले पारामाउन्ट मोटर्सको खेलकुदमा प्रोत्साहन तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले बताएको छ । 

यसैक्रममा, पारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, ‘लुम्बिनी लायन्ससँग साझेदारी गर्नु हाम्रो लागि एउटा अवसर हो । हामी हाम्रो सवारीमार्फत् टिमलाई प्रत्यक्ष एमजी अनुभवका साथ मैदानमा उतार्न पाउँदा अत्यन्तै खुसी छौं । एनपीएल यात्रामा मोबिलिटी पार्टनर बनेर सहयात्रा गर्दै सकेको सेवा, सुविधा प्रदान गर्ने कार्यमा हामी सदैव केन्द्रित रहनेछौं ।’

यस पहलमार्फत् पारामाउन्ट मोटर्सले देशैभर अत्याधुनिक एमजी सवारी अनुभव प्रदान गर्दै खेलकुद लगायत आधुनिक जीवनशैली अनुरूप सेवा, सुविधा प्रदान गर्दै आफ्नो उपस्थितिलाई थप सशक्त बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्