२४ असार २०८३, बुधबार

मधेशका ५ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

मंसिर १, २०८२
काठमाडौं
मधेशका ५ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

मधेश प्रदेशसभाका पाँच जना सांसदलाई प्रदेशसभा सचिवालयले पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मधेश प्रदेशसभाका पाँच जना सांसदलाई प्रदेशसभा सचिवालयले पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी पदमुक्त गरिएको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै पाँच सांसदले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

नागरिक उन्मुक्ति पार्टीका सांसद उर्मिलादेवी सिंह, जनता समाजवादी पार्टीका सांसदहरू मनीषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शंकर प्रसाद कलवारलाई पदमुक्त गरिएको थियो ।

लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई पदमुक्त गरेका थिए ।​

सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्नुका साथै विपक्षी प्रदेशसभा सचिवालय समेतको नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

यस्तै सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्