
नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंसिर १२ गते हुने उक्त दौडमा सहभागी हुन दावा शनिबार अस्ट्रेलिया जानेछन् ।
रसुवाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
कराँते खेलाडी र प्रशिक्षकसमेत रहेका दावाले एक सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । करिब एक वर्षदेखि दावा यो विधामा सक्रिय छन् ।
वर्ल्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावालाई अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको हो ।
उनलाई बागमती प्रदेशका सांसद इन्द्र गौतम, एथलेटिक्स परिवार नेपालका अध्यक्ष एवं नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री, तेह्रथुम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बराललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।