०२ असार २०८३, मंगलबार

४ महिनामा ४० करोडको फलफूल आयात

मंसिर ५, २०८२
झापा
४ महिनामा ४० करोडको फलफूल आयात
फाइल फोटो

पूर्वीनाका काँकरभिट्टाबाट ४ महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।

अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

गत आवको तुलनामा चालु आवमा १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ ।

नेपालले भारत, बङ्लादेश, थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ ।

काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौं स्थानमा छ ।

चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए ।

उनका अनुसार कात्तिकमा भन्सारले राजस्व सङ्कलनको लक्ष्य एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो ।

तर सो अवधिमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार सङ्कलन भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्