
दाङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका- ७ मानपुर बस्ने २१ वर्षीय कुमार विक छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।