महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले मंसिर ८ गते विभिन्न लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
भारतको मधुवनी ग्रामपञ्चायत–२ का ३५ वर्षीय विनोद साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मटिहानीबाट गस्तीमा रहेको टोलीले शंकाका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
भारतबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा साहले बोकिरहेको झोलाभित्र लागुऔषध र नगद फेला परेको प्रहरीले जानकारी दिएको छ।
बरामद वस्तुहरूसहित साहलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइ भएको सशस्त्र प्रहरीले जनाएको छ।