१८ असार २०८३, बिहीबार

शारीरिक हाउभाउबाट पत्ता लाग्छ मानिसको व्यक्तित्व

शारीरिक हाउभाउबाट पत्ता लाग्छ मानिसको व्यक्तित्व

काठमाडौं, ६ पुस — मानिसको हाउभाउबाट उसको व्यक्तित्वका बारेमा पत्ता लगाउन सकिन्छ । व्यक्तिको चाल, उभिने र बस्ने तरिकाबाट ऊ कस्तो मानिस हो भन्ने पत्ता लगाउन सकिन्छ । व्यक्तिको हाउभाउ उसको स्वभावमा निर्भर रहन्छ । शारीरिक भाषाले कसरी व्यक्तित्वको रहस्य खोल्छ हामी बताउँछौं । 

झुक्ने
पिठ्युँ र काँध झुकाएर हिँड्ने, बस्ने, उभिने र काम गर्ने मानिस कम आत्मविश्वासी हुन्छन् । सधैं उदास रहने कारण यस्ता मानिस सीधा उभिन सक्दैनन् । 

डगमगाउने
शरीरको भार कुनै एक गोडामा पारेर उभिने अनि उभिँदा स्थिर नबस्ने मानिस कमजोर हुन्छन् । उनीहरू जहिले पनि कसै न कसैको सहारा खोजिरहेका हुन्छन् । 

अगाडितर्फ झुक्ने 
हिँड्दा वा बस्दा अघिल्तिर झुक्ने मानिस चलाख किसिमका हुन्छन् । उनीहरू जिज्ञासु स्वभावका र शंकालु किसिमका हुन्छन् । यिनीहरूको दिमाग जतिखेर पनि सूचनाले भरिएको हुन्छ । 

त्यत्तिकै मुस्काउने
कुनै कारणविनै पनि मुस्काउने वा सधैं खुशी देखिने मानिस कम्फर्टेबल टाइपका हुन्छन् । यिनीहरू कुनै पनि परिस्थितिलाई सजिलै ह्यान्डल गर्न सक्छन् । 

पावर पोज दिने 
पावर पोज भन्नाले सीधा तन्किएर बस्ने, हिँड्ने र उभिने काम हो । यस्तो पोज दिने मानिस आत्मविश्वासी र अभिमानी हुन्छन् । उनीहरू हरेक समस्यालाई सुझबुझका साथ र बुद्धिमानीपूर्वक समाधान गर्छन् । तर यिनीहरूलाई आफ्नो प्रशंसा आफैं गर्नुपर्छ । 

आँखा जुधाएर कुरा गर्ने 
आँखामा आँखा जुधाएर हेर्ने मानिस इमान्दार हुन्छन् । उनीहरूको आत्मविश्वास पनि यसबाट झल्किन्छ । उनीहरू प्रायः झुटो बोल्दैनन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्