२४ असार २०८३, बुधबार

मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर १४, २०८२
काठमाडौं
मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार ढकालसहित अन्य प्रमुख प्रशासकीय अधिकृतहरू प्रमेश्वर यादव, कृष्णप्रसाद तिमिल्सिना, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, सि. अहेव महेन्द्रप्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल, लेखा सहायक गिरिराज गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लिएको पेस्की रकम तोकिएका सबन्धित कार्य गरी पेस्की फर्छ्यौट गर्नुपर्नेमा सो नगरी लामो समयसम्म कागजात बिल भरपाईहरू नै पेस नगरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

उनीहरूले लिएको कुल पेस्की रकम ४६ लाख ७ हजार ३ सय रुपैयाँ हालसम्म फर्छ्यौट नगरेकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

यस्तो छ आरोप पत्र :

salt training

कमेन्ट गर्नुहोस्