१६ असार २०८३, मंगलबार

भारतद्वारा यमनका बाढीपीडितका लागि ६७ टन औषधि सहयोग

मंसिर १४, २०८२
काठमाडौं
भारतद्वारा यमनका बाढीपीडितका लागि ६७ टन औषधि सहयोग

भारतको नौसैनिक जहाज आईएनएस चेन्नईले यमनमा आएको विनाशकारी बाढीपछि प्रभावित समुदायलाई सहयोग पुर्‍याउन करिब ६७ टन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

भारतीय नौसेनाले सामाजिक सञ्जाल ‘एक्स’मा जनाएअनुसार ४ हजार ५७२ बाकसमा प्याक गरिएको राहत सामग्री मंगलबार यमन पुर्‍याइएको हो । यो सहायता भारतको निरन्तर चलिरहेको मानवीय सहयोग तथा विपद् उद्धार अभियानअन्तर्गत गरिएको बताइएको छ ।

नौसेनाले आफ्नो पोस्टमा यमनमा गरिएको सहयोगले क्षेत्रीय स्थिरता र आपतकालीन अवस्थामा छिमेकी मुलुकलाई सहयोग गर्ने भारतको प्रतिबद्धता झल्काएको उल्लेख गरेको छ ।

पोस्टमा भनिएको छ, 'आईएनएस चेन्नईले २५ नोभेम्बरमा यमनमा करिब ६७ टन (४५७२ बाकस) औषधि सामग्री पुर्‍याउँदै मानवीय सहायता उपलब्ध गराएको छ । यो अभियानले मानवीय सहायता र विपद् उद्धारप्रति भारतीय नौसेनाको अडिग प्रतिबद्धता पुनः स्थापित गर्दछ र क्षेत्रीय स्तरमा भारत विश्वसनीय साझेदार तथा पहिलो प्रत्युत्तरकर्ता रहेको प्रमाणित गर्दछ ।'

यमनको दक्षिण र दक्षिणपूर्वी क्षेत्रमा अगस्टमा परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीबाट स्थानीय बासिन्दा अत्यधिक प्रभावित भएका छन् । ती समुदायलाई राहत पुर्‍याउने उद्देश्यले सामग्री पुर्‍याइएको जनाइएको छ ।

अनाडोलु एजेन्सीका अनुसार ती बाढीका कारण यमनका विभिन्न प्रान्तमा कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।

भारत यमनको स्वतन्त्रतापछि शुरूआति चरणमा समर्थन जनाउने मुलुकमध्ये एक हो ।

भारतले १९६२ मा यमन अरब गणतन्त्र र १९६७ मा पीपल्स डेमोक्रेटिक रिपब्लिक अफ यमनलाई मान्यता दिएको थियो । यी दुवै १९९० मा एकीकृत भएर यमन गणतन्त्र बनेको थियो ।

यमनको पुरानो मित्र राष्ट्रका रूपमा भारतले त्यस देशका मानवीय आवश्यकतालाई सधैँ प्राथमिकता दिँदै आएको छ । भारतले विगतमा पनि औषधि तथा खाद्यान्नका माध्यमबाट सहयोग पुर्‍याइरहेको थियो ।

भारतको ‘भ्याक्सिन मैत्री’ पहलअन्तर्गत सन् २०२१ मार्चमा कोभ्याक्स सुविधामार्फत ३ लाख ६० हजार कोभिड–१९ खोप डोज यमनलाई उपलब्ध गराइएको थियो ।

त्यस्तै, वैश्विक बजारमा आपूर्ति व्यवधानले पारेको असर न्यूनीकरण गर्न भारतले अप्रिल २०२२ देखि यमनका लागि २ लाख ५० हजार टनभन्दा बढी गहुँ निर्यात गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्