
एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल)सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे शुरू गरेको छ।
यो नयाँ सेवाले भौतिक र अनलाइन ई-कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउने बैंकको विश्वास छ ।
गेटवेमार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टर कार्डमार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्ने छन् ।
यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।
पेमेन्ट गेटवेमा 3D Secure प्रविधि समावेश गरिएको छ, जसलाई कारोबारको प्रमाणीकरण (Verification) का लागि OTP वा पासवर्ड आवश्यक पर्दछ । यसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउने बैंकले जनाएको छ ।
यसरी कार्डबाट हुने कारोबार धेरै सुरक्षित हुने र अनधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने हुन्छ ।
सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यो सहकार्य ई-कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्त्वपूर्ण हुने विश्वास लिएको छ ।
सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको छ ।
आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।