१० असार २०८३, बुधबार

जेनजी आन्दोलनमा प्रहरीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा २ जना पक्राउ

मंसिर १७, २०८२
काठमाडौं
जेनजी आन्दोलनमा प्रहरीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयले गत भदौ २४ गतेको जेनजी प्रदर्शनीका क्रममा काठमाडौं महानगरपालिका–२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० चिकामुगल बस्ने ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले ‘ड्युटी’मा खटिएका प्रहरीलाई घेराबन्दी गरी प्रहरीका साथमा रहेको धनमाल लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका निरज चित्रकारविरुद्ध यसभन्दा अगाडि पनि ज्यान मार्ने मुद्दामा प्रहरी वृत्त जनसेवा न्युरोडमा मुद्दा चलेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्