
जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका- १४ पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेल छन् ।
उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पुतलीबजार नगरपालिका- १४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदालत स्याङ्जाले उनलाई २०७३ मंसिर २३ गते १५ वर्ष कैद सजाय सुनाएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।