
सामसङले नेपालमा नयाँ 'ग्यालेक्सी ट्याब ए ११ प्लस' औपचारिक रूपमा सार्वजनिक गरेको छ।
विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिशको आकर्षक संयोजन रहेको छ।
अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेट समर्थनले ट्याब ए ११ प्लसलाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।
नयाँ ट्याब ए ११ प्लसमा सिल्भर र ग्रे कलर विकल्पसहितको स्लीक मेटल डिजाइन छ ।
११ इन्चको इमर्सिभ डिस्प्लेले मनोरञ्जन, अनलाइन अध्ययन र उत्पादकतामा स्मूथ स्क्रोलिंग तथा उत्कृष्ट भिजुअल अनुभव दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Dolby Atmos सहितका क्वाड स्पिकरहरूले चलचित्र, क्लास वा संगीत—जुनसुकै प्रयोगमा—समृद्ध र सन्तुलित ध्वनि प्रदान गर्छन् । Galaxy Tab A11+ ले मुख्य एआई सुविधाहरू व्यापक प्रयोगकर्तासम्म पुर्याएको छ ।
यस्ता छन् समावेश सुविधाहरू :
· Google Gemini – दैनिक कामका लागि स्मार्ट संवादात्मक र भिजुअल एआई सहायता
· Circle to Search with Google – स्क्रिनमा देखिने सामग्रीलाई चिन्ह लगाएर तुरुन्त उत्तर प्राप्त गर्ने सुविधा
· रियल-टाइम टेक्स्ट अनुवाद – लेख, पोस्ट र अनलाइन कन्टेन्टको तत्काल अनुवाद
· Solve Math on Samsung Notes – हस्तलेखन वा टाइप गरिएको गणितीय समस्याको चरणबद्ध समाधान
ग्यालेक्सी ट्याब ए ११ प्लस अब देशभरका अधिकृत सामसुङ स्टोर र रिटेल पार्टनरहरूमा उपलब्ध छ।
· 5G भेरियन्ट (8GB/256GB) — रु. 47,999
· Wi-Fi भेरियन्ट (6GB/128GB) — रु. 34,999
दुवै भेरियन्टले शक्तिशाली एआई क्षमता, स्मूथ प्रदर्शन, इमर्सिभ मनोरञ्जन र दीर्घकालीन सफ्टवेयर समर्थन प्रदान गर्दै उत्कृष्ट मूल्य अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।