११ असार २०८३, बिहीबार

लागुऔषधसहित रूपन्देहीबाट तीन जना पक्राउ

असार १०, २०८३
बुटवल
लागुऔषधसहित रूपन्देहीबाट तीन जना पक्राउ

रूपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-०१ बस्ने वर्ष २९ को आनन्दकुमार चौरासिया, कञ्चनपुर पुर्नाबास नगरपालिका-०९ बस्ने वर्ष १९ को रुबिन सिंह र रूपन्देही रोहिणी गाउँपालिका-१ हनुमान गडिया बस्ने वर्ष ३८ को बिर्जु यादव रहेका छन् । 

उनीहरूको साथबाट ब्राउनसुगर, डायजेपामिनजेक्शन आईपी २ एमएल १३५ एम्पुल, बुप्रेनोर्फिन इंजेक्शन आईपी फेला परेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्