१० असार २०८३, बुधबार

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

असार १०, २०८३
बुटवल
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ । 

इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले रिसको आवेगमा आएर चिर्पटले हिर्काउँदा श्रीमती ३७ वर्षीया मुना कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले घटना मंगलबार राति भएको बताए । 

मादक पदार्थ सेवन गरी यमबहादुरले दाउराको चिर्पट प्रहार गरेर मुनालाई गम्भीर घाइते बनाएका थिए । त्यसपछि मुनालाई उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिएकोमा अस्पतालले मृत घोषणा गरेको एसपी बोगटीले जानकारी दिए । 

कुटपिट गर्ने यमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्