२४ असार २०८३, बुधबार

महिला धावकले हिजाब नलगाएको आरोपमा म्याराथन आयोजक पक्राउ

मंसिर २१, २०८२
काठमाडौं
महिला धावकले हिजाब नलगाएको आरोपमा म्याराथन आयोजक पक्राउ

इरानमा आयोजित एक म्याराथन दौडका क्रममा सहभागी महिलाहरूले हिजाब (टाउको छोप्ने कपडा) नलगाएको भन्दै आयोजकहरूलाई पक्राउ गरिएको छ।

शुक्रबार इरानको दक्षिणी तटमा रहेको किश टापुमा भएको दौडका तस्बिरहरू अनलाइनमा सार्वजनिक भएपछि इरानी न्यायपालिकाले दुई जना आयोजकलाई पक्राउ गरेको हो। सार्वजनिक भएका तस्बिरहरूमा रातो टिसर्ट लगाएका केही महिला धावकहरूले हिजाब वा टाउको छोप्ने अन्य कुनै कपडा नलगाएको प्रस्ट देखिन्छ।
उक्त म्याराथनमा २ हजार महिला र ३ हजार पुरुषले छुट्टाछुट्टै समूहमा भाग लिएका थिए। तर, किशका सरकारी वकिलले दौड सञ्चालन गरिएको तरिका नै "सार्वजनिक शिष्टाचारको उल्लङ्घन" भएको बताएका छन्। महिला प्रतिस्पर्धीले हिजाबको नियम तोडेको र म्याराथन आयोजना गरिएको शैलीप्रति आपत्ति जनाउँदै इरानको धार्मिक नेतृत्वले यसको निन्दा गरेको छ।

इरानमा हिजाबको विषय अहिले पनि बहसको केन्द्रमा छ। परिवर्तनका पक्षधरहरूले हिजाब नलगाएका महिलाहरूको तस्बिरलाई इरानी महिलाहरूले सरकारी प्रतिबन्ध अस्वीकार गरेको प्रमाणको रूपमा उत्साहपूर्वक स्वागत गरेका छन्। उता, इरानी अधिकारीहरूले भने यसलाई यथास्थितिमाथिको अस्वीकार्य चुनौतीका रूपमा लिएका छन्।
तीन वर्षअघि ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी कुर्दिश इरानी युवती महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा महिनौँसम्म विशाल प्रदर्शन भएको थियो। सरकारले बल प्रयोग गरेर प्रदर्शन दबाए पनि धेरै इरानी महिलाहरूले नियम उल्लङ्घन गर्न छोडेका छैनन्।
यसै सन्दर्भमा इरानी न्यायपालिका प्रमुखले हिजाब नलगाउनेहरू विरुद्ध नयाँ अभियान सुरु गर्ने चेतावनी दिएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्