
गुल्मीको साबिक बलेटक्सार (हाल रूरूक्षेत्र ४) बाट काठमाडौं आएर बसोबास गरेका गुल्मेलीहरूबीच पुनर्मिलनका लागि वनभोज कार्यक्रम आयोजना गरिएको छ ।
गुल्मी बलेटक्सार काठमाडौं समाजको आयोजनामा शनिबार काठमाडौंको टोखामा वनभोज कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाका कोषाध्यक्ष भेषराज ज्ञवालीले विगतका वर्षदेखि नै बलेटक्सारबाट काठमाडौं आएकाहरूको पुनर्निमलका लागि पिकनिक आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा भक्तपुरकी जिल्ला शिक्षा अधिकारी तथा समाजकी उपाध्यक्ष कमला ज्ञवाली घिमिरेले जीवन र खानपानको बानीबारे सन्देशमूलक सम्बोधन गरिन् ।
कार्यक्रममा रामप्रसाद पन्तले गुल्मीमा बोलिने शब्दको संगालो (गुल्मेली शब्दकोश)को चर्चा गरेका थिए ।
विभिन्न सामाजिक काम गर्दै आइरहेको समाजले तीजको अवसरमा पनि काठमाडौंमा कार्यक्रम आयोजना गरेको थियो ।