१० असार २०८३, बुधबार

इजरायली नागरिकलाई हातपात गरेको आरोपमा २ जना पक्राउ

मंसिर २२, २०८२
काठमाडौं
इजरायली नागरिकलाई हातपात गरेको आरोपमा २ जना पक्राउ

इजरायली नागरिक अरमोजा अलमोजलाई हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गत मंसिर १५ गते राति कालधारा सडक खण्डमा अलमोजलाई हातपात गरेको आरोप उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका- ६ घर भएर स्वयम्भू बस्ने पेम्बा तामाङ र नुवाकोट ताँदी गाउँपालिका- ४ घर भएर स्वयम्भू बस्ने श्याम तामाङ छन् ।​ 

उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्