
जेनजी आन्दोलनका क्रममा फरार आखेटोपहार ओसारपसार मुद्दाका कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु बस्ने २२ वर्षीय सविन गुरुङ छन् ।
हात्तीको दाह्रा ओसारपसार तथा बिक्री वितरण मुद्दामा काठमाडौं जिल्ला अदालतको २०८१ भदौ २८ गतेको फैसलाले ६ वर्ष कैद सजाय कायम भई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका थिए ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको प्रहरी टोलीले सोमबार मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल बुझाएको छ ।