२५ जेठ २०८३, सोमबार

इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न​, ​लेनिसा घिमिरेलाई आईएनजी छात्रवृत्ति प्रदान

मंसिर २३, २०८२
इटहरी
इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न​, ​लेनिसा घिमिरेलाई आईएनजी छात्रवृत्ति प्रदान

इटहरी इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

इटहरीको सोल्टी वेस्टेन्डमा सोमबार आयोजित समारोहमा बीएससी (अनर्स) कम्प्युटिङ तथा बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो ।

अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको कार्यक्रममा स्नातकहरूको उपलब्धि र भविष्यका सम्भावनाबारे विशेष चर्चा गरिएको थियो ।

समारोहमा यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आईएनजी छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । कलेजका अनुसार यी छात्रवृत्तिहरू विद्यार्थीहरूको निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको सम्मान स्वरूप प्रदान गरिएको हो।​

आईएनजी कलेज समूहले उनीहरूको आगामी शैक्षिक यात्रामा निरन्तर साथ–समर्थन रहने प्रतिवद्धता व्यक्त गरेको छ।

कार्यक्रममा आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी तथा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक प्रमुख लगायत प्रतिष्ठित व्यक्तिहरूको विशेष उपस्थिति थियो । अध्यक्ष बुढाथोकीले हरेक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता भएको भन्दै शुभकामना व्यक्त गरे ।

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिस्टोफर लेनले आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो शैक्षिक साझेदारीलाई उल्लेख गर्दै कलेज र विद्यार्थीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गरे।

कलेजले यो समारोह आफ्नो वार्षिक शैक्षिक क्यालेन्डरअनुसार आयोजना गरिएको बताउँदै भविष्यमा पनि शैक्षिक गुणस्तर र विद्यार्थीको क्षमतामाथि केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्