
नेपाल-भारत संयुक्त बटालियन तहको १९औं सैन्य अभ्यास ‘सूर्य किरण–१९’ भारतको पिथौरागढमा सम्पन्न भएको छ।
पर्वतीय क्षेत्रमा सञ्चालन गरिएको संयुक्त अभ्यास नोभेम्बर २५ देखि २ सातासम्म चलेको थियो ।
अभ्यास दुवै देशका सैनिकहरूले पहाडी भूभागमा गरेको तालिम, समन्वय र संयुक्त अपरेसन क्षमता अभिवृद्धिमा केन्द्रित थियो ।

