०९ असार २०८३, मंगलबार

कैलालीमा एकनाले भरूवा बन्दुक बरामद

मंसिर २५, २०८२
काठमाडौं
कैलालीमा एकनाले भरूवा बन्दुक बरामद

कैलालीमा प्रहरीले एकनाले भरूवा बन्दुक बरामद गरेको छ । 

भजनी नगरपालिका-९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्