०९ साउन २०८३, शनिबार

अरुणाचल प्रदेशमा कामदार बोकेको ट्रक गहिरो खोलामा खस्यो, २१ जनाको मृत्यु

मंसिर २६, २०८२
काठमाडौं
अरुणाचल प्रदेशमा कामदार बोकेको ट्रक गहिरो खोलामा खस्यो, २१ जनाको मृत्यु

भारतको अरुणाचल प्रदेशको अन्जाव जिल्लाको छाग्लगाम नजिकै कामदार बोकेको ट्रक गहिरो खाल्डोमा खसेर दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। 

आसामबाट अरुणाचल प्रदेश जाँदै गरेको २२ जना कामदार बोकेको ट्रक छागलागामबाट १० किलोमिटर टाढा गहिरो खोलामा खसेको थियो। दुर्घटनामा एक यात्रु बाँचेका छन् । उनैले दुर्घटनाबारे स्थानीय प्रशासनलाई जानकारी दिएका थिए । 

प्रहरीका अनुसार १३ जना कामदारको शव निकालिएको छ भने बाँकी बेपत्ताको खोजी जारी छ। दुर्घटनामा ज्यान गुमाउने सबै कामदारहरू आसामको तिनसुकिया जिल्लाका बासिन्दा थिए ।

प्रधानमन्त्री कार्यालय (पीएमओ)द्वारा जारी विज्ञप्ति अनुसार प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ सहयोग प्रदान गरिनेछ भने घाइतेहरूले थप पचास हजार रुपैयाँ पाउनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्