
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा सबैभन्दा ठूलो स्कोर बनाउने टोली विराटनगर किङ्स बन्न पुगेको छ ।
विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्धको खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । त्यो खेलमा विराटनगर किङ्स विजयी भएको थियो ।
यसैगरी, दोस्रो ठूलो स्कोर बनाउने टोली पोखरा एभेन्जर्स हो । पोखराले कर्णाली याक्सविरुद्धको खेलमा केवल दुई विकेट गुमाएर दुई सय एक रन बनाएको थियो । त्यो खेलमा पोखरा विजयी भएको थियो ।
तेस्रो ठूलो स्कोर बनाउने टोली सुदूरपश्चिम रोयल्स हो । सुदूरपश्चिमले पोखरा एभेन्जर्सविरुद्ध सात विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उक्त खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।
चौथो ठूलो स्कोर बनाउने टोली जनकपुर बोल्ट्स हो । जनकपुरले चितवन राइनोजविरुद्ध १७.३ ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । खेलमा जनकपुर विजयी भएको थियो ।
पाँचौं ठूलो स्कोर चितवन राइनोजको नाममा रह्यो । चितवनले जनकपुर बोल्ट्सविरुद्ध चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । त्यो खेलमा चितवन पराजित भएको थियो ।