
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत सुनितप्रभाग रेग्मी र आशिषबाबु कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभागमा विवरण दर्ता अपरेटरको रूपमा कार्यरत उनीहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ को दफा ४१ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार विवरण दर्ता अपरेटरको युजर आईडी तथा पासवर्ड दुरुपयोग गरी गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई मंसिर २७ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।