०९ असार २०८३, मंगलबार

बिलबिजकविनाका सामानसहित १ जना पक्राउ

पुस १, २०८२
काठमाडौं
बिलबिजकविनाका सामानसहित १ जना पक्राउ

बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायब महानिरीक्षक मनीष थापाले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–४ स्थित बाह्रबीसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

सोही जिल्लाको बाह्रबीसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

तातोपानीबाट खाडीचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा राखी ल्याउँदै गरेको सामानको बिजलबिजक तथा भन्सार प्रज्ञापनपत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले आज जानकारी दिएको हो ।

नियन्त्रणमा लिइएका सामान स्टेशनरी, खेलकुद तथा किरानालगायतका रहेका छन् । बरामद सामानको अन्दाजी मूल्य सात लाख २२ हजार १० रूपैयाँ र गाडीको १५ लाख मूल्यसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।

नियन्त्रणमा लिइएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको पनि थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्