१२ साउन २०८३, मंगलबार

एमालेको नेतृत्व छान्न  मतदान आज भएन, भोलि बिहान ८ बजेदेखि सुरु हुने

पुस १, २०८२
काठमाडौं
एमालेको नेतृत्व छान्न  मतदान आज भएन, भोलि बिहान ८ बजेदेखि सुरु हुने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान अब भोलि बिहान ८ बजेदेखि मात्रै सुरु हुने जानकारी गराए । 

केही प्राविधिक विषय मिलाउन बाँकी रहेको तथा चिसो पनि भएकाले राति मतदान गर्नु उपयुक्त नहुने निष्कर्षका साथ भोलिदेखि मात्रै सुरु गर्न लागिएको उनको भनाइ छ । 

एमालेको मतदान आजै दिउँसोदेखि हुने भनिएको थियो । तर, प्राविधिकलगायतका कारण देखाउँदै पटक पटक मतदानको मिति सर्दै आएको थियो । सोही क्रममा राति ८ बजेदेखि हुने भनिएको मतदान पनि मतदाताहरु लाइनमा बसिसकेको अवस्थामा स्थगित गरिएको हो । 

एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्